विम्बल्डनः जेसिका पेगुला क्वार्टर फाइनलमा, ग्रिगोर दिमित्रोव पनि विजयी

photocollage_202371012528924.jpg

१० जुलाईः अमेरिकाकी स्टार खेलाड़ी जेसिका पेगुलाले विम्बल्डन टेनिस च्याम्पियनशीपमा युक्रेनकी लेसिया सुरेंकोलाई ६-१, ६-३-ले पराजित गरी तीन सालमा छैटौंपल्ट कुनै ग्राण्ड स्ल्यामको क्वार्टर फाइनलमा स्थान बनाइन्। विम्बल्डनमा चाहिँ उनी पहिलोपल्ट अन्तिम आठमा पुगिन्। क्वार्टर फाइनलमा पेगुला समक्ष चेक रिपब्लिककी मार्केटा वोण्ड्रोयूसोवाको चुनौती हुनेछ। मार्केटाले अन्य एउटा म्याचमा आफ्नै देशकी मारिया बाउजकोवालाई २-६, ६-४, ६-३-ले पराजित गरिन्। यसरी रुसकी मीरा आन्द्रिवाले आफ्नै देशकी अनास्तासिया पोटापोवालाई सीधा सेटमा ६-२, ७-५-ले पराजित गरिन्। यसबीच पेगुला गत २५ वर्षमा सबै चारवटा ग्राण्ड स्ल्यामको अन्तिम आठमा स्थान बनाउने केवल पाँचौं अमेरिकी महिला खेलाड़ी बनेकी छन्। अन्य अमेरिकी खेलाड़ीहरूमा भीनस र सेरेना विलियम्सको साथमा मेडिसन कीज र स्लोएन स्टीफेन्स सामेल छिन्। यस साल पेगुलाले ३३ वटा म्याच जितेकी छन्। उनी बाहेक विश्वकी नम्बर एक खेलाड़ी पोल्याण्डकी इगा स्वियातेक, दोस्रो नम्बरकी खेलाड़ी आर्यना सबालेंका र तेस्रो नम्बरकी खेलाड़ी एलिना रायबाकिनाले यस साल तीसभन्दा अधिक म्याच जितेकी छन्।
यसरी नै पुरुष एकलमा बुल्गेरियाका ग्रिगोर दिमित्रोवले वर्षाले वाधा पुऱ्याएको तेस्रो राउण्डको म्याचमा दशौं वरीयता प्राप्त फ्रान्सिस टियाफोलाई ९९ मिनटमा ६-२, ६-३, ६-२-ले पराजित गरे। दिमित्रोव यसअघि २०१४-मा यस ग्राण्ड स्ल्यामको सेमिफाइनलमा पुगेका थिए। एक दिन अघि वर्षाले म्याच रोकिँदा दिमित्रोव ६-२, ६-३, १-२-को बढ़तमा रहेका थिए। म्याच जितेपछि बुल्गेरियाई खेलाड़ीले भने, टियाफो असाधारण खेलाड़ी हुन्। उनको सर्विस र रिटर्न राम्रो छ तर आज मेरो दिन थियो। गत हप्ता मेरो निम्ति असल रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement