ईंग्ल्याण्डलाई धक्का, रोहित पाँचौं टेस्टबाट बाहिर नभएको प्रशिक्षक द्रविड़को बयान

३० जूनः भारतीय क्रिकेट टीमका कप्तान रोहित शर्मा ईंग्ल्याण्ड यात्राको अवधि कोरोना पोजिटिभ भएका छन्। यसैकारण उनी अभ्यास म्याचबाट बाहिर भएर आइसोलेशनमा गएका छन्। भारत र ईंग्ल्याण्डबीच पाँचौं टेस्ट म्याच १ जुलाई, शुक्रवारदेखि शुरु हुनेछ। यसबीच बुधवार रोहित टेस्ट म्याचबाट बाहिर भएको अनि जसप्रीत बुमराहले टीमको कप्तानी गर्ने रिपोर्ट आएको थियो। चरम अनिश्तितताबीच अहिले फेरि नयाँ खबर अघि आएको छ। वास्तवमा टीमका प्रशिक्षक राहुल द्रविड़ले रोहितलाई लिएर एउटा बयान दिएका छन्। द्रविड़ले भने, रोहित अन्तिम टेस्टबाट बाहिर भएका छैनन्। हाम्रो मेडिकल टीमले उनको स्वास्थ्यमाथि नजर राखेको छ। कोविड नेगेटिभ भएपछि मात्र उनले खेल्न सक्ने भए पनि हामीसँग ३६ घण्टा समय छ। आज उनको जाँच गरिएको छ। भोलि पनि गरिनेछ। यस अवधि रिपोर्ट नेगेटिभ आए उनले म्याच खेल्नेछन्।
यस्तो स्थितिमा द्रविड़को बयानले रोहित शर्मालाई लिएर टीम म्यानेजमेण्टले अन्तिम समयसम्म प्रतीक्षा गर्ने कुरा चाहिँ स्पष्ट भएको छ। रोहितको स्थानमा टीमको कप्तानीबारे प्रश्न गरिँदा द्रविड़ले भने, यसको जवाफ मेरो तर्फबाट दिनु सही हुनेछैन। तपाईंले आधिकारिक घोषणाको प्रतीक्षा गर्नु पर्नेछ। उल्लेख्य, रोहित कोरोना पोजिटिभ भएपछि स्ट्याण्डबाईको रूपमा टीममा सामेल हुन मयंक अग्रवाललाई ईंग्ल्याण्ड बोलाइएको छ। यसैकारण रोहित सम्पूर्ण रूपले फिट नभए मयंकले उनको स्थानमा ओपनरको रूपमा खेल्नेछन्। यसरी नै दोस्रो ओपनरको रूपमा शुभमन गिल टीममा रहेका छन्। यसबाहेक केएल राहुल पनि ईंग्ल्याण्ड यात्रामा भारतीय टीमका हिस्सा थिए तर उनी चोटले गर्दा बाहिर भएका छन्। टेस्ट सीरीजमा भारत अहिले २-१-ले अघि रहेको छ। दुई टीमबीच यो सीरीज वास्तवमा गत वर्ष नै शुरु भएको थियो तर कोरोना महामारीले गर्दा अन्तिम टेस्ट खेल्न सकिएको थिएन। यसैकारण पाँचौं टेस्टलाई शुक्रवारदेखि खेलिनेछ।
यसबीच भारतीय टीमका प्रशिक्षक द्रविड़ले उनी विराट कोहलीबाट शतक नभए पनि म्याच जिताउने प्रदर्शन चाहन्छन् भनी बताए। कोहलीले नोभेम्बर २०१९ पछि एउटा पनि शतक बनाएका छैनन्। पाँचौं टेस्ट अघि द्रविड़ले भने, खेलाड़ी आफ्नो करियरमा अलग-अलग चरण भएर अघि बढ़्छन् अनि मलाई कोहलीमा प्रेरणाको कमी भएको जस्तो लाग्दैन। उनले टेस्टमा २७ वटा शतक त्यसै बनाएका होइनन्। कोहली जस्ता खेलाड़ीलाई लय हासिल गर्नु केवल एउटा असल ईनिंग्सको आवश्यकता हुन्छ। यसबाहेक उनले टीमको जीतमा योगदान दिन सके त्यही मेरो निम्ति पर्याप्त हुनेछ। शतक त समयको साथ आउने नै छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement