कनाडा ओपन २०२३-मा लक्ष्य सेन च्याम्पियन

IMG-20230710-WA0130.jpg

१० जुलाईः कमनवेल्थ गेम्समा स्वर्ण पदक विजेता भारतीय शट्लर लक्ष्य सेनले कनाडा ओपन २०२३ ब्याडमिण्टन टुर्नामेण्टको खिताब जिते। सेनले फाइनलमा वर्तमान अल ईंग्ल्याण्ड च्याम्पियन चीनका स्टार शट्लर ली शी फेंगलाई पराजित गरे। यो सेनको दोस्रो बीडब्ल्यूएफ वर्ल्ड टूर ५०० खिताब हो। उनले यसअघि जनवरी २०२२-मा इण्डिया ओपनको खिताब जितेका थिए। यसपाली उनले कनाडाको ओपनको फाइनलमा विश्वका दशौं नम्बरका खेलाड़ी ली शी फेंगलाई २१-१८, २२-२०-ले पराजित गरी खिताब जिते।

अहिले वर्ल्ड ऱ्यांकिंगमा १९औं स्थानमा रहने सेनले यसअघि सेमिफाइनलमा विश्वका ११औं नम्बरका खेलाड़ी जापानका केण्टो निशिमोतोलाई पराजित गरेका थिए। यसरी नै २१ वर्षीय भारतीय शट्लरले क्वार्टर फाइनलमा जर्मनीका खेलाड़ी जूलियन केरागीलाई पराजित गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement