बालुरघाटमा घाइते भाजपा कार्यकर्ताको घर पुगे सुकान्त मजूदार

00-1-Chhetriya-Samachar-2

बालुरघाट। दक्षिण दिनाजपुर जिल्लाको बालुरघाट ब्लकको बोआलदार ग्राम पञ्चायत क्षेत्रमा तृणमूल कांग्रेसको कथित हमलामा घाइते भाजपा कार्यकर्ता विमान रायको घर आइतवार प्रदेश भाजपा अध्यक्ष सुकान्त मजूमदार पुगे। उनले परिवारलाई साथ दिन आश्वासन दिए।

उल्लेखनीय, बिमान राय र उनको छोरा बीपी राय गत विधानसभा चुनाउअघि तृणमूल छाडेर भाजपामा सामेल भएका थिए। त्यसपछि उनीहरू भाजपाको निम्ति काम गरिरहेका छन्।

शनिवार राति तृणमूल कार्यकर्ताहरू उनीहरूको घरमा आएर हमला गरेको आरोप छ। परिवारका सदस्यहरूसॅंग अभद्र व्यवहार गरेको पनि आरोप छ। यस घटनामा विमान राय र उनको छोरा बापी राय घाइते भएका छन्। तृणमूल कार्यकर्ताहरूले उनको परिवारलाई धम्की दिएको पनि उनीहरूले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement