काठमांडू। नेपालको संसदको गतिरोध हट्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि संसदको गतिरोध अन्त गर्ने समझदारी बनेको हो।
सत्ता गठबन्धनको मुख्य घटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समेत सहभागी बैठकमा आजबाट संसदमा एमालेले अवरोध नगर्ने समझदारी बनेको हो। बैठकबारे जानकारी दिदै काँग्रेस नेता रमेश लेखकले आज प्रधानमन्त्री प्रचण्डले आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टिकरण दिनेछन्। त्यसपछि एमालेले निर्णय लिने तय भएको छ।
नेपालका प्रधानमन्त्री प्रचण्डले भारतीय व्यवसायी प्रीतम सिंहसम्बन्धी पुस्तक विमोचनमा विवादास्पद अभिव्यक्ति दिएका थिए। प्रीतम सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको र भारत आउने जाने गरेको बताएका थिए। यसलाई लिएर विपक्षी एमाले राजीनामा माग्दै ५ जुलाई देखि संसद चल्न दिएको छैन। सत्ता गठबन्धनका घटक दलहरुको साथ देखिएपछि एमाले राजीनामाबाट पछि हटेको हो । प्रचण्ड नेतृत्वको सरकार गिराउने प्रयास एमालेले गर्दै आएपनि सफल हुन सकेको छैन।