पूर्व मन्त्री र पूर्व सचिवहरुमाथि पक्राउ पूर्जी
काठमांडू। नेपालमा जमिन हिनामिना प्रकरणमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। उनलाई त्रिभुवन विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।
सीआईबीले जग्गा हिनामिना प्रकरणमा राउतलाई पक्राउ गरिएको पुष्टि गरेको छ। उनीमाथि ललिता निवास प्रकरणका नामले चर्चित जमिन हिनामिना प्रकरणमा संलग्नताको आरोप छ। यो प्रकरणमा नेपालका पूर्वमन्त्री, पूर्व सचिवहरुका अलावा दुई सयभन्दा बढी पूर्व तथा बहालवाला कर्मचारी, व्यवसायी समेतलाई पक्राउ गर्न प्रहरीले पूर्जी काटिसकेको छ।
यसअघि भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, सचिवलगायत ३० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको थियो। प्रचण्ड नेतृत्वको सरकारले एकपछि अर्को भ्रष्टाचार र अपराधका ठूला घटनाहरुको फाइल खोलेर कारबाही बढाइरहेको छ ।