९ जुलाईः मुण्डा बाँसघारी युथ क्लब (मुण्डा कोठी टी गार्डन, सोनादा, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित अण्डर-१७ फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। दिनको पहिलो म्याचमा क्याप्टन न्यौपाने फूटबल एकाडमी (सीएनएफए), मिलनमोड़ले सेभेन स्कोपलाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट राहुल छेत्रीले ह्याट्रिक सहित चार गोल गरे। यसरी दोस्रो म्याचमा सुबोथ फूटबल एकाडमीले ग्लेनबर्न युनाइटेड फूटबल क्लबलाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ।