९ जुलाईः चेंगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टको उद्घाटन म्याचमा सैनिकपुरी फूटबल क्लबले जीत हासिल गऱ्यो। आइतवार चेंगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा सैनिकपुरी एफसी-ले रोहिनी फूटबल क्लबलाई ३-१-ले पराजित गऱ्यो।

विजेता टीमबाट पल्लबले सातौं, जायेदले १८औं र सुजलले ४६औं मिनटमा गोल गरे। यसरी सैनिकपुरी एफसी-बाट राजीवले २७औं र अभिषेकले ५१औं मिनटमा गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्यालछेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।