मतदानका क्रममा गोली चलाउने तृणमूल नेतालाई पक्राउ गर्न माग गर्दै वाम मोर्चाको र्‍याली, सडक अवरुद्ध

6e946643-78cc-40fb-aa41-68f1385e458b


अलिपुरद्वार: वामपन्थी संगठनहरूले आइतबार राति अलिपुरद्वारको भोलारदबारीमा दुई बुथमा गोली चलाएको आरोपमा तृणमूल नेता रोनी मल्लिकलाई पक्राउ गर्न माग गर्दै विरोध प्रदर्शन गरे। हिज मतदानको क्रममा दमनपुर तल्लो प्राथमिक विद्यालय, १२/१६३ र १२/१६४ को दुई बुथमा तृणमूल नेता रोनी मल्लिकले कथित रूपमा हमला गरेका थिए। त्यसपछि उनले पाँच राउण्ड फायर गरेका थिए। त्यतिबेला त्रासका कारण मतदान रोकिएको थियो। उनको गिरफ्तारीको माग गर्दै आज अलिपुरद्वारमा वाम मोर्चाका समर्थकहरूले सडक अवरुद्ध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement