तृणमूल कार्यकर्ताहरूको हत्या, पुलिसको भूमिकामाथि प्रश्न

IMG-20230410-WA0169-11-300x172-3

उत्तर दिनाजपुरः जिल्लाको धवराई गाउॅं निवासी नारायण सरकारको पञ्चायत चुनाउको दिन रहस्यमय तरिकाले मृत्यु भएको थियो। २४ घण्टापछि पनि पुलिसले नारायणको मृत्युको आरोपमा कसैलाई पक्राउ नगरेको आरोप छ।

पुलिसको भूमिकामाथि प्रश्न उठाउॅॅंदै आइतवार ग्रामीणहरूले हेमताबादमा बंगलाबाडी मोडमा सडक जाम गरेर प्रदर्शन गरे। ग्रामीणहरूले नारायणको हत्या भएको बताउॅंदै पुलिसले कुनै कारबाही नगरेको आरोप लगाएको छ। पुलिसले यस घटनालाई आत्महत्या बताइरहेको छ भन ग्रामीणहरूले निष्पक्ष जॉंचको माग गरेका छन्। ग्रामीणहरूले दोषीहरूलाई तत्काल पक्राउ गर्नुपर्ने माग गरेका छन्। उल्लेखनीय छ, तृणमूल कार्यकर्ता नारायण सरकारको क्षत-विक्षत शव शनिवार सॉंझ भेटिएको थियो। परिजनहरूले उसको हत्या भएको दाबी गरेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement