पाकिम: गैरसरकारी संस्था सारथीले शिक्षकहरूका लागि तीन दिने तालिम सम्पन्न गऱ्यो। आज पाक्योङ सामुदायिक हलमा समापन कार्यक्रममा पाक्योङ जिल्लाका बाह्र माध्यमिक विद्यालयबाट दुई-दुई नोडल शिक्षकले तालिम लिएका छन्। तालिम कार्यक्रमको उद्देश्य शिक्षकहरूलाई जीवन सीप र नैतिक मूल्यहरू मार्फत तयार पार्नु थियो। विद्यालयमा विद्यार्थीहरूसँग धेरै समय बिताउने र लागूऔषध र लागूपदार्थको दुरुपयोगलाई कम गर्नमा ठूलो प्रभाव पार्न सक्ने अपेक्षा राखेर गरिएको हो। रोहित राज महाराज, भीम कुमारी शर्मा, विशाल शर्मा, जिल्ला अधिकारीहरुको सहभागिता थियो। तालिमका क्रममा शिक्षकहरुले सामुहिक प्रस्तुति, साँस्कृतिक प्रस्तुति र विद्यालयहरुमा स्थापना हुने सारथी क्लबलाई कसरी बलियो बनाउने भन्ने विषयमा छलफल गरेका थिए। सारथी क्लबको उद्देश्य विद्यालयलाई लागुपदार्थ दुरुपयोगमुक्त बनाउनु र मानसिक विकास गर्नु हो।