गोलीटारमा ‘मेरो रुख मेरो सन्तति’ योजना अन्तर्गत विरुवारोपण कार्यक्रम आयोजित

santati_956

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज यहाँको पाङथाङ गोलीटारमा आयोजित ‘मेरो रुख मेरो सन्तति’ कार्यक्रममा सहभागिता जनाए। पूर्व विधायक महासंघ, सिक्किमद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्रीसँगै राज्यका वन विभागीय मन्त्री कर्मा लोडे भोटिया लगायत पूर्व विधायकहरूको सहभागिता रहेको थियो। मेरो रुख मेरो सन्तति अभियानमा पूर्व विधायक महासंघ, सिक्किमको सराहनीय सहयोगबारे उल्लेख गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले राजनीतिज्ञहरू वास्तवमा कहिल्यै रिटायर हुँदैनन् बरु आफ्नो कर्तव्यमा निरन्तर प्रतिबद्ध रहन्छन् भन्ने विचार पोखे। “राज्य सरकारको नयाँ पहल मेरो रुख मेरो सन्तति योजनामार्फत विरुवारोपण अभियानलाई अघि बढ़ाउन सराहनीय कदम चालेको कार्यक्रममा पूर्व विधायकाहरूको उपस्थिति देखेर मुख्यमन्त्री तामाङले खुशी व्यक्त गरे। तृणमूल स्तरमा यस पहललाई बढ़ावा दिन स्थानीय सरकारी निकाय, पञ्चायतहरूको पहलप्रति सराहना गर्दै उनीहरू सबैलाई प्रोत्साहित गरे। योसँगै वार्षिक विरुवारोपण क्रियाकलापलाई जारी राख्न पूर्व विधायकहरूको निम्ति वन विभागले निश्चित क्षेत्र चिह्नित गर्नुपर्ने विषयमाथि मुख्यमन्त्री तामाङले जोर दिए। यसले उनीहरूले योगदान पुऱ्याउन समर्पित ठाउँ पाउनेछन्।

‘मेरो रुख मेरो सन्तति’ कार्यक्रमबारे बोल्दै मुख्यमन्त्री तामाङले प्रकृति अनि मानव जातिमाझको खालीपनलाई कम गर्ने उद्देश्यको साथमा गत वर्षदेखि यो अभियान शुरु गरिएको प्रकाश पारे। हामीले रोप्ने रूखहरूको पालनपोषण गरेर हाम्रो वनको संरक्षण र सम्बर्द्धनको महत्त्व बुझाउन यसको मूल लक्ष्य राखिएको मुख्यमन्त्री तामाङले बताए। हामी सबै मिलेर यो पहललाई अँगालौं अनि हरियाली र दिगो भविष्यको लागि काम गरौं भन्ने मुख्यमन्त्री तामाङले सबैलाई आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement