सिलगढी: ४ वर्षीय सानी छोरीलाई सिलगढी जक्सन बस स्ट्यान्डमै छोडेर एउटी आमा भागेको घटनाले सिलगढी जक्सन बस स्ट्यान्डमा सनसनी मच्चियो। सिलगढी जङ्क्सन बस स्ट्यान्डमा काम गर्ने विनोद कामतीले बताएअनुसार गत सोमबार मध्यप्रदेशको कोटा निवासी एउटी महिला ४ वर्षीय छोरीसित बस स्ट्यान्डमा आइपुगेकी थिइन्। यसपछि उक्त महिलाले आफ्नी ४ वर्षीय छोरीलाई तिनीसित छोडेर गएको पाँच दिन बितिसक्दा पनि फर्कि आएनन। यसपछि सो व्यक्तिले घटनाबारे थाना जानकारी गराए। आज त्यस शिशुलाई प्रधान नगर थानालाई सुम्पिदिएको छ।