कोलकाताः पश्चिम बंगालमा गए शनिवार सम्पन्न पञ्चायत चुनाउको सम्बन्धमा सम्वेदनशील बुथ अनि अन्य मतदान केन्द्रहरूको विस्तृत जानकारी बीएसएफलाई नदिइएका आरोपहरूलाई राज्यका चुनाउ आयुक्त राजीव सिन्हाले आधारहीन बताएका छन्।बीएसएफका डीआईजी एसएस गुलेरियाको बयानमाथि प्रतिक्रिया व्यक्त गर्दै उनले भनेका छन्, बीएसएफलाई सम्वेदनशील बुथहरूको जानकारी नदिइएको जुन दाबी गरिँदैछ त्यो गलत छ। उनलाई सम्वेदनशील बुथहरूको सम्पूर्ण जानकारी सम्बन्धित डीएम र एसपीले दिएका थिए।
राजीव सिन्हाले ‘हिन्दुस्थान समाचार’- सित भने, चुनाउ आयोगद्वारा उनलाई यस्ता बुथहरूको संख्याबारे बताइएको थियो। यो बीएसएफका आईजी र हामी (चुनाउ आयोग)-माझ भएको कम्युनिकेशनको रेकर्डमा दर्ता छ। उनले पनि यस कुराको पुष्टि गरिरहेका छन्। यदि यस्तो गरिएको थिएन भने सम्वेदनशील बुथहरूमा केन्द्रिय बलहरूको तैनाथी कसरी हुन्थ्यो?
उल्लेखनीय छ कि “हिन्दुस्थान समाचार” -सितको विशेष बातचितमा गुलेरियाले दाबी गरेका छन् कि उनलाई चुनाउ आयोगको पक्षबाट मतदान केन्द्रहरूको लोकेशनको बारेमा लगातार पत्र पठाउँदा पनि विस्तृत जानकारी गराइएको थिएन।