बाघमारा बस्तीमा भईरहेको मिनी पोष्ट फुटबल टुर्नामेन्टमा सिविटारको शिवखोलाले सिमरिङलाई हराउँदै क्वाटर फाइनलमा प्रवेस

IMG-20230709-WA0283.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा भईरहेको मिनी पोष्ट फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा सिविटारको शिवखोला सजिलै बिजय बनेका छन्। गत १० जूनदेखि बाघमारा युउथको आयोजनामा बाघमारा बस्तीमा शुरु भएको मिनी पोष्ट फुटबल टुर्नामेन्ट दोस्रो चरणको खेल अन्तर्गत आज सिमरिङ र सिविटारको शिवखोलामाझ सम्पन्न भएको थियो। उक्त खेलमा शिवखोलाको खेलाड़ी आसिफ तामाङको ह्याट्रिकको दममा शिवखोलाले सिमरिङलाई ४-० को अन्तरले जितेर क्वाटर फाइनलमा प्रवेस गरेको छ। सिमरिङ र सिविटारको शिवखोलामाझ सम्पन्न
दोस्रो राउण्डको यस खेलको शुरुमा शिवखोलाको पक्षमा सुकचन्द्र राईले गोल गरेर १ गोलको बढ़त बनाएका थिए। पहिलो राउण्डको खेलमा १-० को भएको थियो भने दोस्रो राउण्डको खेलमा शिवखोलाको पक्षमा आसिफ तामाङले लगातार तीन गोल गरेका थिए। उनको ह्याट्रिकको दममा शिवखोलाले सिमरिङलाई ४-० को अन्तरले सजिलै खेल जितेर क्वाटर फाइनलमा प्रवेस गरेको छ। आजको खेलमा मुख्य निर्णायकको रूपमा कृष्ण लामा थिए भने सह निर्याणकको रूपमा संजोग लामा र अविनास राई रहेका थिए। आजको खेल विषयमा आयोजक समितिको पक्षमा सनिम लामाले जानकारी गराउँदै अबको केही दिनसम्म दोस्रो चरणको खेल हुने अनि आगामी १६ जुलाईदेखि क्वाटर फाईनल खेल शुरु हुने भएको बताएका छन्। सनिम लामाले बताए अनुसार बाघमारा बस्तीमा भईरहेको मिनी पोष्ट फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १५ अगस्तको दिन सम्पन्न गराउने योजना रहेको बताएका छन्। उनले यसपाली बाघमारा बस्तीमा पहिलोपल्ट भईरहेको मिनी पोष्ट फुटबल टुर्नामेन्टमा जम्मा ३२ वटा टिमहरूले सहभागिता जनाईरहेको र केही टिमहरूले वकओभर पाएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement