खरसाङ: पञ्जाबमा सम्पन्न नेशनल किक बक्सिङ च्याम्पियनशीपमा भाग लिएर फर्केका खरसाङका दुईजना किक बक्सिङ खेलाड़ीहरूलाई आज खरसाङमा स्वागत जनाइएको छ। पञ्जाबमा सम्पन्न नेशनल किक बक्सिङ च्याम्पियनशीप २०२३ मा भाग लिएर सिल्भर मेडल र पाँचौं स्थान प्राप्त गरेर फर्केका खरसाङको दुईजना बक्सिङ खेलाडीहरू क्रमैले निशा रावत र निखिल रावत अनि कोच बिजय रावतलाई खरसाङमा स्वागत जनाइएको छ। पञ्जाबमा विगत १ जुलाईदेखि ५ जुलाईसम्म सम्पन्न नेशनल किक बक्सिङ च्याम्पियनशीपमा निशा रावतले दोस्रो स्थान ओगट्न सफल भई सिल्भर मेडल जित्न सफल भएका छन् भने निखिल रावतले पाँचौं स्थान ओगट्न सफल भएका छन्। दुवै खेलाड़ीहरूलाई आज खरसाङको रेलवे स्टेशन परिसरमा हरिजन कल्याण समिति, खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र खरसाङका अन्य संस्थाहरू र मानिसहरूले स्वागत जनाउँदै सम्बर्ध्दना जनाइएको छ। दुवै खेलाड़ीहरू र कोचलाई रेलवे स्टेशन परिसरमा खदार्पणसहित स्वागत जनाएका थिए। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै कोच बिजय रावतले पञ्जाबमा गत १ देखि ५ जुलाईसम्म सम्पन्न नेशनल किक बक्सिङ च्याम्पियनशीपमा सम्पन्न किक बक्सिङमा खरसाङको दुईजना बक्सिङ खेलाडीहरू क्रमैले निशा रावत र निखिल रावतले किक बक्सिङमा दार्जिलिङ क्षेत्रको प्रतिनिधित्व गर्दै मेडल जित्न सफल भएको बताएका छन्। उनले बताए अनुसार यस खेलमा निशा रावतले दोस्रो स्थान ओगटेर सिल्भर मेडल जित्न सफल भएको र निखिल रावतले पाँचौं स्थान ओगट्न सफल भएको बताएका छन्। यी दुवै खेलाड़ीहरूलाई पञ्जाबमा सम्पन्न नेशनल किक बक्सिङ च्याम्पियनशीपमा भाग लिनलाई सहयोग गरेकोमा जीटीए चिफ् अनित थापा, समाजसेवी टीटी लामा र अन्यप्रति आभार प्रकट गरेका छन्। यस अवसरमा किक बक्सिङ खेलाडीद्वय निशा रावत र निखिल रावतले विस्तृत रुपमा जानकारी गराएका छन्।