मालदाको हरिश्चन्द्रपुरमा बम विष्फोट हुँदा कांग्रेस र तृणमूलका करिब १५ कार्यकर्ता घाइते

683c5343-6efb-4499-b8e9-13aaafc72e9e

मालदा: हरिश्चन्द्रपुर २ ब्लक क्षेत्रको मशालदह ग्राम पञ्चायतको जहुरपुर चुनावपछि हिंसाको आगोमा जलिरहेको छ। हिजो मतदान सकिएपछि उक्त क्षेत्रमा कांग्रेस समर्थक र तृणमूल समर्थकबिच झडप भएको बताइएको छ। गोलाबारी र बमबारीका कारण उक्त क्षेत्रमा हंगामा मच्चिएको छ। बमबारीमा दुबै पक्षका १० देखि १५ जना घाइते भएका छन्। उनलाई हरिश्चन्द्रपुर ग्रामीण अस्पतालमा भर्ना गरिएको छ। तीमध्ये केहीको अवस्था गम्भीर छ। घटनाले सम्पूर्ण क्षेत्रमा सनसनी फैलाएको छ। घटनापछि सशस्त्र पुलिसले सो क्षेत्रमा गस्ती गरिरहेको छ। दुवै पक्षबाट उजुरी परेको र घटनाको उजुरी पाएपछि हरिश्चन्द्रपुर पुलिसले घटनाको अनुसन्धान थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement