लक्ष्य सेन कनाडा ओपनको फाइनलमा, सेमिफाइनलमा हारिन् सिन्धु

IMG-20230709-WA0279.jpg

९ जुलाईः कमनवेल्थ गेम्स च्याम्पियन भारतका लक्ष्य सेनले जापानका केण्टा निशिमोतोलाई सीधा गेममा पराजित गरी कनाडा ओपन सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टको फाइनलमा प्रवेश गरे। सेनले जापानका ११औं ऱ्यांकिंग भएका दिग्गज खेलाड़ीलाई २१-१७, २१-१४-ले पराजित गरी आफ्नो दोस्रो सुपर ५०० फाइनलमा स्थान बनाए। यो उनको यस साल पहिलो बीडब्ल्यूएफ फाइनलमा पनि हुनेछ। सीजनको शुरुवातमा सेन फर्ममा थिएनन्। यसैकारण उनी ऱ्यांकिंगमा झरेर १९औं स्थानमा पुगेका थिए। फाइनलमा सेनको सामना चीनका लि शि फेंगसँग हुनेछ। यस खेलाड़ी विरुद्ध सेनको जीत-हारको रेकर्ड ४-२-को रहेको छ। यसबीच महिला एकलमा चाहिँ दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धुले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न सकिनन् अनि सेमिफाइनलमा जापानकी नम्बर एक खेलाड़ी अकाने यामागुची विरुद्ध १४-२१, १५-२१-ले पराजित भइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement