पुनः मतदानको दाबी गर्दै भाजपा प्रार्थी कालचिनी बीडीओ कार्यालय अघि धरना

5dbae20a-f8c0-4069-93bd-017e39c1b5cf

कालचिनीः पुनः मतदानको दाबी गर्दै बुखिमबारी पार्ट नम्बर ११/१७१ का भाजपा प्रार्थी रोजमेरी खाल्को लगायत तिनका समर्थकहरूले कालचिनी बीडीओ कार्यालय अघि धरना प्रदर्शन शुरु गरेका छन्। ज्ञात रहोस, शनिबार साँझ बेला मतदान चलिरहेको क्रममा तृणमूलले छप्पा भोट गरेको दृश्य भाजपा समर्थकहरूको क्यामेरामा कैद हुने बित्तिकै स्थिति तनावपूर्ण बनेको थियो। आइतबार उक्त पार्टमा पुनः मतदान हुन पर्ने दाबी लिएर भाजपा प्रार्थी लगायत समर्थकहरूले धरना शुरु गरेका छन्।
यसै क्रममा धरना स्थलमा आईपुगेका कालचिनी विधायक विशाल लामाले गणतन्त्रको बदनाम गर्ने सत्ताधारी दलका प्रशासनिक अधिकारी नै छप्पा भोटको हिमायती बनेर चुनाउमा झगड़ा सृष्टि गर्ने र यस्तो परिवेशमा भएको भोटबाट कोही पनि खुसी नभएको र यसैको परिणाम अच्छापाड़ा पार्ट नम्बर ११/१४२ र बुखिमबारी पार्ट नम्बर ११/१७१ मा पुनः मतदानको दाबी हुनु जायज रहेको जनाएका छन्।
तिनले बीडीओ स्वयंले एउटा बुथमा पसेर गुण्डागर्दी गर्नु र पोलिङ एजेन्टको टाउको फुटाउनु जस्तो निन्दनीय काम अरु हुन नसक्ने बताउँदै यसको सम्पूर्ण जानकारी चुनाउ आयोग, राज्यपाल र लिडर अफ अपोजिशन समक्ष पठाएको जनाएका छन्।
यता भाजपा ८ नम्बर मण्डल सभापति उत्तम लामाले पनि यो भोटमा झगड़ा लगाउन बीडीओ दायी रहेको र छप्पा भोटले सत्ताधारी पार्टीलाई जिताउने अभिप्रायको भण्डाफोर भएको जनाएका छन्। अर्कोतिर बुखिमबारी पार्ट नम्बर ११/१७१ का भाजपा प्रार्थी रोजमेरी खाल्कोले तृणमूलले छप्पा भोट गरेको प्रमाण आफूहरूसित रहेको र अब जबसम्म पुनः मतदान गरिन्दैन् तबसम्म आफूहरू बीडीओ कार्यालयमा धरना बस्ने जनाएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement