कालेबुङ भालुखोप काण्डका चारजना आरोपी पक्राउ

IMG-20230709-WA0271.jpg

कालेबुङ: कालेबुङ भालुखोप काण्डका चारजना आरोपीलाई पुलिसले पक्राउ गरेको छ भने पक्रा परेकाहरूमा सरण राई, किशोर राई, लक्ष्मण छेत्री र विकास खवास सामेलछन्। पुलिसले यी चारजना आरोपीलाई मल्लीको एउटा होटलबाट पक्राउ गरेको बताइएको छ ।ज्ञात रहोस सत्तारुढ पार्टी र यसको गठबन्धन दलका केही दुष्कृतिहरूले हिजो कालेबुङको भालुखोप ग्राम पञ्चायतबाट चुनाउ लडिरहेका भाजपा प्रार्थी इमानुएल लेप्चाको घरमा प्रवेश गरेर पार्किङमा राखेको तिनका वाहन तोडफोड गर्नको साथै तिनको नाबालिका छोरीलाई समेत हमला गर्दा नाबालिका घाइते भएको थियो। पीडित पक्षले हिजो कालेबुङ थानामा चारजना विरुद्ध प्राथमिकी दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत रातिनै मल्लीको एउटा होटलबाट चारजनालाई आरोपीलाई पक्राउ गरेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement