उपद्रवीहरूलाई पक्राउ गर्ने माग गर्दै तृणमूलले थाना घेराव गऱ्यो

00-1-Chhetriya-Samachar-2

जलपाइगढ़ीः राजगञ्ज ब्लकको सन्यासिकटा अञ्चलको तृणमूल कार्यकर्ता एवं समर्थकहरूले चुनाउमा भएको हिंसामा सामेल उपद्रवीहरूलाई पक्राउ गरिने माग गर्दै आइतवार राजगञ्ज थानाको घेराव गरी प्रदर्शन गरे।

वस्तुतः शनिवार संन्यासीकाटा अञ्चलको गिरानगछ र जुम्मागछ बुथहरूमा चुनाउमा मतपत्र लुटेको र हिंसाका घटनाहरू भएका थिए। तृणमूल कांग्रेसले आरोप लगाएको छ, विपक्षी पार्टीका समर्थकहरू र कार्य़कर्ताहरूले यस घटनालाई अन्जाम दिएका थिए। उपद्रवीहरूले तृणमूल कांग्रेसको कार्यकर्ता र समर्थकहरूमाथि हमला गरेका थिए। जसले गर्दा उसका धेरै कार्यकर्ताहरू घाइते भएका छन्। आज अपराधीहरूलाई पक्राउ गरिने माग गर्दै राजगञ्ज थानामा तृणमूल कार्यकर्ताहरूले प्रदर्शन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement