सिलगढी: उत्तर बङ्गाल विश्वविद्यालयको गेट नम्बर ३ अगाडि दुई युवालाई लुटपाट गरेको आरोप लागेको छ। हिजो दिउँसो करिब साढे तीन बजे एक छात्रा किनमेल गरेर होस्टेल फर्कदै गर्दा मोटरसाइकलमा आएका दुई युवकले उनको हातबाट मोबाइलसहितको झोला खोसेका थिए। घटना देखेर केही स्थानीयले रोक्न खोज्दा दुवै युवालाई कुटपिट गरी घटनास्थलबाट भागेका थिए। विद्यार्थीका परिवारले गएराति माटिगढा पुलिस चौकीमा लिखित उजुरी दिएका छन्। माटिगढा पुलिस चौकीले घटनाको सम्पूर्ण अनुसन्धान थालेको छ।