पुनर्मतदानको माग, दिनहाटामा डीसीआरसी सामू प्रदर्शन

00-1-Chhetriya-Samachar-2

कुचबिहारः वाम-कांग्रेस गठबन्धनका उम्मेदवारहरू सहित स्थानीय गाउँलेहरूले फेरि चुनाउ गराउने माग गर्दै आइतवार दिनहाटा हाई स्कूलका डीसीआरसी सामू विरोध प्रदर्शन गरे।

प्रदर्शनकारीहरूको आरोप छ, शनिवार ओकराबाड़ी ग्राम पञ्चायतको शिवेश्वर गाउँमा बूथ संख्या ६/६८ मा गड़ब़ड़ी भएको छ। उनीहरूलाई भोट हाल्न दिइएन। गाउँलेहरूसित मारपीट गरेको पनि आरोप छ। अर्कोतिर, गठबन्धन उम्मेदवार मोनिरूल अलीले आरोप लगाए, हिजो हाम्रो बुथमा कुनै भोट हालिएको छैन। मतदाताहरूलाई कुटेर बाहिर निकालिएको छ। जसले गर्दा कसैले पनि आफ्नो मताधिकारको प्रयोग गर्न पाएन। यसैले पुनः मतदानको माग लिएर डीसीआरसी सामू विरोध प्रदर्शन गरिन्दैछ। प्रदर्शनको कारण केही समयका लागि क्षेत्रमा तनाव फैलियो। पछि पुलिसले घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूलाई हटायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement