सिलगढीको माटिगढामा कार पल्टिँदा २ जना घाइते

d6d6af42-bb95-4307-b540-ea6deae3146c

सिलगढी: आइतबार बिहान माटिगढा नजिकैको चन्द मोनी बगान नजिकै एउटा कार अनियन्त्रित भई पल्टियो। घटनामा दुई जना घाइते भएका छन्। घटनाको जानकारी पाएलगत्तै माटिगढा पुलिस घटनास्थल पुगेको थियो। पुलिसले पुगेर दुर्घटनाग्रस्त कारलाई नियन्त्रणमा लिएको छ। घाइते दुवैलाई उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा पठाइएको छ। पुलिसले पनि दुर्घटनाका कारण सडक जाम हटाएर आवागमन सामान्य गरेको थियो। माटिगढा पुलिसले घटनाको सम्पूर्ण अनुसन्धान थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement