बंग्लादेशमा पहिलोपल्ट वनडे सीरीज जित्यो अफगानिस्तानले

IMG-20230709-WA0173.jpg

९ जुलाईः ओपनिंग ब्याटर रहमानुल्लाह गुरबाज (१४५) र इब्राहिम जादरान (१००)-को शतकीय ईनिंग्सको सहायताले अफगानिस्तानले दोस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा बंग्लादेशलाई १४२ रनले पराजित गऱ्यो। यस जीतको साथै अफगानिस्तानले तीनवटा म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो। अफगानिस्तानले बंग्लादेशलाई जीतको निम्ति ३३२ रन बनाउने लक्ष्य दिएको थियो तर आयोजक टीम ४३.२ ओभरमा केवल १८९ रन बनाएर अलआउट भयो। अफगानिस्तानको यो बंग्लादेशमा पहिलो वनडे सीरीज जीत हो। यसरी नै घरेलु माटोमा यो बंग्लादेशको गत १० वटा वनडे सीरीजमा केवल दोस्रो हार हो। यसअघि बंग्लादेशले २०२३-मा ईंग्ल्याण्ड विरुद्ध घरेलु वनडे सीरीज २-१-ले गुमाएको थियो।
म्याचमा बंग्लादेशले टस जितेर पहिला बलिंग गर्ने फसेला गऱ्यो तर गुरबाज र जादरानको ओपनिंग जोड़ीले पहिलो विकेटको निम्ति ३६.१ ओभरमा २५६ रनको विशाल पार्टनरशीप गरी आयोजक टीमको जोशलाई माटोमा मिलायो। गुरबाजले आफ्नो वनडे करियरको तेस्रो शतक बनाउँदै १२५ बलमा १३ वटा चौका र ८ वटा छक्काको साथ विध्वंशी मिजासमा १४५ रन बनाए। यसरी नै जादरानले चौथो शतक बनाउँदै ११९ बलमा ९ वटा चौका र एउटा छक्काको साथ १०० रन बनाए। यी दुई ब्याटरले अफगानिस्तानको निम्ति वनडे क्रिकेटमा अहिलेसम्मको सबैभन्दा ठूलो पार्टनरशीप गरे। अन्य ब्याटरहरूले अन्तिम ओभरहरूमा प्रभावशाली प्रदर्शन गर्न नसके पनि अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३३१ रन बनायो। बंग्लादेशका बलरहरूमा मुस्ताफिजुर रहमान, हसन महमूद, शाकिब अल हसन र मेहदी हसन मिराजले २-२ विकेट लिए। जवाफमा बंग्लादेशले शुरुदेखि नै विकेट गुमाउन थाल्दा अफगानिस्तानलाई म्याच जित्न असुविधा भएन। बंग्लादेशको निम्ति अनुभवी विकेटकीपर मुश्फिकुर रहीमले ८५ बलमा ६ वटा चौकाको साथ ६९ रन बनाए तर उनले साथी खेलाड़ीहरूबाट साथ पाएनन्। बंग्लादेशका पाँचजना ब्याटरले त दहाईंको आँकड़ा पनि छुन सकेनन्। शाकिब अल हसन र मेहदी हसन मिराजले २५-२५ रनको योगदान दिए। अफगानिस्तानका बलरहरूमा फजलहक फारूकी र मुजीब उर रहमानले ३-३ विकेट लिए। राशिद खानले २ विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement