मन्त्री कर्मा लोडे भोटियाद्वारा पैह्रौ प्रभावित क्षेत्रको भ्रमण

गान्तोक: गत केही दिन अघिदेखि निरन्तर परेको पानीले कवि लुङचोक निर्वाचन क्षेत्रलाई धेरै प्राभावित तुल्याएको छ। उक्त घटनालाई लिएर आज क्षेत्र विधायक एवम वन विभाग मन्त्री कर्मा लोडे भोटियाले प्रभावित क्षेत्रको निरीक्षण गरे। विशेष गरेर उनले नयाँ बस्ती क्योनसाला र नाभे सोतक ग्राम पञ्चायत जीपीयूको भ्रमण गर्दै स्थानीय जनतासँग विभिन्न विषयमा अन्तक्रिया गरे। सो क्षेत्रको विभिन्न स्थानमा पैह्रौले व्यापक क्षति पुऱ्याएको हुनाले मन्त्रीले निरीक्षण गरेका हुन्। उनले सम्वन्धित निकायका अधिकारीहरूलाई हुन सक्ने सबै कामहरू शीघ्र गरेर गाउँलेहरूको समस्या समाधान गरिनु पर्ने निर्देश दिए। यस अवसरमा विभागका जेइ,एइ, पञ्चायतगण, सिँचाइ विभागका अधिकारीहरू पनि सामेल रहेका थिए। यसरी नै उनले इञ्चे गुम्बा छेउमा गएको पैह्रौको पनि निरीक्षण गर्दै ग्रेफका अधिकारीहरूसँग अन्तक्रिया गरेको जानकारी गराएको छ।

About Author

Advertisement