एसडीएफ विद्यार्थी सङ्गठनले छात्र नेता पदम गुरुङलाई न्याय दिलाउने दोहोऱ्यो माग

IMG-20230708-WA0567.jpg

गान्तोक। एसडीएफ पार्टीका विद्यार्थी संगठनले आज छात्र नेता स्व. पदम गुरुङको रहस्यमय मृत्युको निष्पक्ष र विस्तृत छानबीन गरि सिक्किम सरकारी कलेज, नाम्चीका दिवंगत एसआरसी अध्यक्षलाई न्याय दिलाउने आफ्नो माग दोहोऱ्यो। पार्टी मुख्यालय इन्दिरा बाइपासमा आयोजित पत्रकार सम्मेलनमा विद्यार्थी मोर्चाका प्रभारी (दक्षिण) उर्वशी खालिङ र महासचिव (दक्षिण) अजित बस्नेतले एसआईटीले गरेको अनुसन्धानमा मोर्चालाई पूर्ण विश्वास रहेको तर सोही क्रममा उक्त घटना भएको १२ दिन बितिसक्दा पनि मामिला कुनै ठोस निष्कर्षमा पुग्न नसकेकोमा आश्चर्य व्यक्त गरेl एसडीएफ विद्यार्थी मोर्चाले पदमको जीवनमा खतरा भएको थाहा पाएर पनि कलेजका प्रधानाचार्यले कारबाही नगरेकोमा कड़ा आलोचना गर्दै कलेजका प्रधानाचार्यले आफ्नो कर्तव्य पूरा गर्न असफल भएकोमा शिक्षा विभागले ठोस निर्णय लिन आवश्यक रहेको फ्रण्टले माग गरेको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement