देउराली क्षेत्रमा सफाई अभियान

IMG-20230708-WA0566.jpg

गान्तोक: राष्ट्रिय तथ्याङ्क कार्यालय क्षेत्रीय कार्यालय, गान्तोकले १ देखि १५ जुलाईसम्म स्वच्छता पखवाडा मनाईरहेको छ। सार्वजनिक स्थानहरूमा विशेष गरी बजार क्षेत्र, बस वा ट्याक्सी स्ट्यान्ड वरपरको सामुदायिक सरसफाई अभियान सञ्चालन गरिरहेको छ। यसअन्तर्गत आज वार्ड पार्षद नोर्बु तामाङको सहयोगमा देवराली-पानीहाउसमा एक दिने सरसफाई अभियानको आयोजना गरेको थियो। अभियानमा कार्यालयका क्षेत्रीय, प्रशासनिक अधिकारीहरु र कर्मचारी र १५ पानीहाउस वार्डका प्रतिनिधिसहित ६० जनाको सक्रिय सहभागिता रहेको थियो। सम्पूर्ण टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो र यी समूहहरूले तीन फरक क्षेत्रहरूमा अभियान चलाएका थिए। समूहले देवराली स्कूल रोड र सिलगढी ट्याक्सी स्ट्यान्ड र वर्किंग वुमेन्स होस्टेलदेखि इन्दिरा बाइपाससम्मको फुटपाथ र देवराली स्कूल क्षेत्र आमदो गोलाई सफाई गरेको थियो।

अभियानका क्रममा सहभागीहरूले फोहोर सङ्कलन र फोहोर फाल्ने मात्र नभएर फेस मास्क, प्लेकार्ड तथा ब्यानर प्रदर्शन गर्ने र सार्वजनिक स्थानमा स्वच्छताको महत्त्वबारे सचेतना र सन्देश फैलाउन ब्लिचिङ पाउडर छर्केका थिए। उपस्थित दुई पर्यवेक्षकहरूले अभियानको समन्वय र व्यवस्थामा सन्तुष्टि व्यक्त गरे र सिक्किम राज्यमा उच्च स्तरको सरसफाई र आम जनतामा स्वच्छताको बारेमा उच्च स्तरको चेतनाको प्रशंसा गरे। सरसफाई अभियान आम्दो गोलाईमा समापन भयो। दुबै पर्यवेक्षकहरूलाई परम्परागत खदा प्रदान गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement