गेजिङमा सेल्प हेल्प ग्रुप समूहको वार्षिक सभा सम्पन्न

गान्तोक: गेजिङ बर्मेक निर्वाचन क्षेत्रको हि -मार्तम खण्ड विकास कार्यलयमा परिसरमा स्वयं सहायता समूहको वार्षिक साधारण सभा साथै महा सम्मेलन सम्पन्न भयो। उक्त अवसरमा मुख्य अतिथिकोरूपमा सिक्किम सरकारका कृषि मन्त्री लोकनाथ नेपाल रहेका थिए। उक्त कार्यक्रममा समष्टिका १९६ स्वयं सहायता समुहका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री लोकनाथ नेपालले १९६ वटा आज स्वयं सहायता समुह यहाँ उपस्थित हुनु नै गाउँको विकासमा विशेषगरी नारीहरूको हात रहेको स्पष्ट भएको बताए। वर्तमान सरकारले नारी शक्तिहरूलाई आर्थिक,सामाजिक क्षेत्रमा अघि बढाउन विभिन्न योजनाहरू तयार गरेको र यसको लाभ नारीहरूले उठाउन सक्षम बन्नु पर्ने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement