राजगञ्ज: ब्यालेट बक्स बगानमा फ्याँकिदिएको साथै अन्य २ वटा ब्यालेट बक्समा पानी हालिदिएको घटना प्रकाशमा आएको घटनालाई केन्द्र गरेर फुलबारी २ नम्बर ग्राम पञ्चायतको ३०७ नम्बर बुथमा उत्तेजनाको माहौल देखापर्यो ।यस घटना च्याङ्गराबन्दा प्राथमिक विद्यालयको मतदान केन्द्रमा घटेको हो। तृणमूल आरोप अनुसार गठबन्धन प्रार्थीको परिवारका एकजना आफन्तले यस्तो गरेका हो। शान्तिपूर्ण ढङ्गमा मतदान सम्पन्न भइरहेको समय दिउँसो अचानक एउटा ब्यालेट बक्स उठाएर बगानमा फ्याँकिदिएको हो। अर्कोतिर, अझ दुई वटा ब्यालेट बक्समा पानी हालिदिएपछि व्यापक उत्तेजनाको माहौल देखापर्यो। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर मतदान प्रक्रिया बन्द गरिदियो।