पश्चिम बंगालमा पंचायत चुनाव अवधि अहिलेसम्म १४ जनाको मृत्यु

00-1-Bengal-Panchayat-Poll

कोलकाता: पश्चिम बंगालमा तीन स्तरको पंचायत चुनावको लागि जारी मतदानको बीचमा मतदान सम्बन्धी हिंसामा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार मारिनेहरूमा छह टीएमसी सदस्यहरू छन्। योसँगै भाजपाका दुई कार्यकर्ता, सीपीआई(एम) र आईएसएफका एक–एक कार्यकर्ता र कांग्रेसका दुई कार्यकर्ताको मृत्यु भएको छ। यसबाहेक अर्का एकजनाको मृत्यु भएको छ, उनी कुन राजनीतिक दलसँग आवद्ध थिए भन्ने जानकारी पाउन सकेको छैन। मालदा जिल्लाको इंगलिस बजारको नागहरिया क्षेत्रमा रहेको बुथ नम्बर २५ र २६ मा ढुंगामुढा र बम प्रहार भएको खबर आएको छ। घटनास्थलमा पुलिस परिचालन गरिएको छl  

अधिकारीहरुका अनुसार हिंस्रक झडपमा अरु कैयौं मानिसहरु घाइते भएको पनि बताइएको छ। यसबाहेक राज्यका धेरै ठाउँमा मतपेटिका पनि नष्ट भएको छ। राज्यको ग्रामीण क्षेत्रका ७३,८८७ सिटमा बिहान ७ बजेदेखि मतदान शुरु भयो। राज्यपाल सीभी आनन्द बोसले उत्तर २४ परगना जिल्लाका विभिन्न क्षेत्रहरूको भ्रमण गरे र हिंसामा घाइते भएकाहरूलाई भेटे। अधिकारीहरूका अनुसार कुचबिहार जिल्लाको फलिमारी ग्राम पंचायतमा भाजपाका पोलिंग एजेन्ट माधव विश्वासको हत्या भएको थियो। भाजपाले आरोप लगाएको छ, जब विश्वासले बिहान मतदान केन्द्रमा प्रवेश गर्ने प्रयास गरे, उनलाई टीएमसी समर्थकहरूले रोके र मामिला बढ्दै गएपछि मारे। यद्यपि, टीएमसीले आरोप अस्वीकार गरेको छ।

उत्तर २४ परगना जिल्लाको कदम्बगाछी क्षेत्रमा स्वतन्त्र उम्मेदवारका एक समर्थक घाइते भएका छन्। पुलिस उपरीक्षक भास्कर मुखर्जीले यसअघि ४१ वर्षीय अब्दुल्लाह अलीको मृत्यु भएको बताएका थिए तर पछि बारासात अस्पतालका सुपरिटेन्डेन्टले उनी गम्भीर घाइते भेन्टिलेटरमा रहेको तर मृत्यु नभएको बताए। मुर्शिदाबाद जिल्लाको कपासडांगा क्षेत्रमा रातभरको हिंसामा एक टीएमसी कार्यकर्ताको मृत्यु भएको छ। मृतकको पहिचान बाबर अली भएको अधिकारीहरुले जनाएका छन्। जिल्लाको खाडग्राम क्षेत्रमा अर्का टीएमसी कार्यकर्ताको हत्या भएको छ। उनको पहिचान साबिरुद्दीन एसकेको रूपमा गरिएको छ। टीएमसीले कुचबिहारको तुफानगंज २ पंचायत समितिको बुथ कमिटी सदस्य गणेश सरकारलाई भाजपाको आक्रमणमा मारिएको आरोप पनि लगाएको छ। मालदाह जिल्लामा कांग्रेस समर्थकहरूसँगको झडपमा टीएमसी नेताका भाइको मृत्यु भएको पुलिसले जनाएको छ। घटना माणिकचक पुलिस थानामा क्षेत्रअन्तर्गत जिशरटोलाको हो। मृत्यु हुनेमा मलेक शेख रहेको उनले बताए। टीएमसीले नादियाको छपरामा आफ्ना एक कार्यकर्ताको हत्या भएको पनि आरोप लगाएको छ। जिल्लाको हरिङघाटा क्षेत्रमा टीएमसीसँगको झडपमा एक आईएसएफ कार्यकर्ताको मृत्यु भएको छ। मृतक ४८ वर्षीय सैदुल शेख रहेको पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement