दुर्गम बक्साद्वार पहाड़मा‌ शान्तिपूर्ण मतदान

IMG-20230528-WA0320-5-300x172-1

कालचिनीः शनिबार त्रिस्तरीय पञ्चायत चुनाउको दिन डुवर्सको अलिपुरद्वार जिल्ला अधीनस्थ रहेको कालचिनी खण्डको दुर्गम बक्साद्वार पहाड़मा‌ पनि अन्य बुथहरू सरह मतदान चलिरहेको छ। सिमसिमे पानीको झरीलाई परवाह नगरी समुन्द्रतलबाट प्रायः २६०० फूटमाथि अवस्थित बक्साद्वार पहाड़को विभिन्न थुममा रहेको गाउँहरूबाट प्रायः ५ किलोमीटर ४ किलोमीटर ६ किलोमीटर त कतै ३ किलोमीटर उकाली ओराली दुर्गम पगडन्डी हिँड़दै मतदान गर्न आईपुगेका बक्साद्वारका गाउँलेहरूले शनिबार उत्साहित भएर मतदान गरेको देखियो।
घरमा पिउने पानी र सुगम बाटो पुगेको होस वा नहोस् तर भोट चैँ हाल्नु पर्ने बाध्यतामा बक्साद्वार प्राथमिक विद्यालयमा पानी झरीमा पनि लाईनबद्ध भएर भोट हाले। बक्साद्वार पार्टको तृणमूल प्रार्थी सोनम छोडेन डुक्पा र भाजपा प्रार्थी किन्ले बुद्ध डुक्पा दुवैले आ-आफ्नो जीत शतप्रतिशत निश्चित रहेको दाबी गरेका छन्। यद्यपि हारजीत कुनै एकको हुने भएता पनि जयले जीत हासिल गरे पनि गाउँको विकास मिलेर गर्ने सन्देश दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement