बुखिमबारीमा दुईवटा ब्यालेट गायब

7a70a3fa-9a1e-40a6-9bb2-67163f082995

कालचिनीः शनिबार अपरान्ह समयदेखि कालचिनी खण्डको कतिपय बुथहरूमा व्यापक उत्तेजना छाएको क्रममा कालचिनी आउट डिभिजन बुखिमबारीमा तृणमूल बनाम भाजपा समर्थकहरूबिच भनाभैरी चलिरहेको क्रममा माहौल तनावपूर्ण बन्दै जाँदा अचानक भीड़बाट कसैले दुईवटा ब्यालेट बक्स लिएर गायब भएको घटना प्रकासमा आएको छ।
यता तृणमूल प्रार्थी पूजा लामाले र तिनका समर्थकहरूले पार्ट नम्बर ११/१७१ मा दुईवटा ब्यालेट बक्स चोरेर भाजपा समर्थकहरू भागेको आरोप लगाएका छन् भने यसबीच उक्त पार्टमा पनि मतदान कचिङ्गल भएको जान्नमा आएको छ। समग्रमा चुवापाड़ामा बीडीओ र भाजपा समर्थकहरूबिच तनाव उत्पन्न भएतापनि मतदान साँझसम्म सुचारु रूपमा सम्पन्न भएको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement