चुवापाड़ा, अच्छापाड़ा र बुखिमबारीमा व्यापक झमेला

8d23d90e-1df9-4226-adf5-9adb97b1ceb0

कालचिनीः शान्तिपूर्वक मतदान बिहान केही क्षण चलेता पनि शनिबार मध्यान्ह अनि अपरान्ह समय हुँदा कालचिनी खण्डको चुवापाड़ामा जहाँ एकातिर बीडीओले भाजपाको पोलिङ एजेन्टलाई कुटपीट गरेर टाउको फुटाएको आरोप उठेको छ भने अर्कोतिर कालचिनी ग्राम पञ्चायत अन्तर्गत पर्ने अच्छापाड़ा पार्टको बुथमा एक्स्ट्रा ब्यालेटको काउन्टर फोइल बरामद भएको भाजपा प्रार्थी भावना सुनावार र तिनको समर्थकहरूले आरोप लगाउँदै भोटमा धाँधली गरीएको भन्दै पुनः मतदानको दाबी गर्दै बीडीओको वाहन रोकेर धरना प्रदर्शन गरेको थियो।
घटनास्थलमा कालचिनी विधायक विशाल लामा पनि पुगेको थियो भने धरना जारी रहँदा साँझपख घटनास्थलमा व्यापक पुलिस बल पुगेर माहौल साम्य गर्न खोजेता पनि उत्तेजित जनताले ब्यालेट बक्समा आगो झोसेको बताईएको छ। उक्त घटना पश्चात भाजपा प्रार्थी र समर्थकहरूले पुनः मतदान हुनै पर्ने दाबीमा अडिग बसेका छन्। भाजपा प्रार्थी भावना सुनावारले बीडीओको इसारामा प्रिसाइडिङ अफिसरले छप्पा भोटको काउन्टर फोइलहरू लुकाएर राखेको आरोप लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement