८ जुलाईः चेंगा बस्ती युथ क्लबको तत्त्वावधानमा ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिनेछ। आयोजक समितिका कोषाध्यक्ष ग्यालछेन तामाङले बताएअनुसार, आइतवार (९ जुलाई) खेलिने उद्घाटन म्याचमा रोहिनी एफसी र सैनिकपुर एफसी-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। सबै म्याचहरू चेंगा दुर्गा मन्दिर मैदानमा खेलिनेछ।