एमएलसी-को पहिलो सीजनबाट हटे रायुडू

IMG-20230708-WA0538.jpg

८ जुलाईः भारतीय क्रिकेट टीमका पूर्व ब्याटर अम्बाती रायुडूले निजी कारणहरूले गर्दा अमेरिकामा हुने टी२० क्रिकेट टुर्नामेण्ट मेजर लीग क्रिकेट (एमएलसी)-बाट हट्ने फसेला छन्। रायुडूले जूनमा इण्डियन प्रीमियर लीग (आईपीएल)-बाट सन्न्यास लिएपछि एमएलसी-मा चेन्नई सुपर किंग्सको फ्रेञ्चाइजी टेक्सास सुपर किंग्ससँग अनुबन्ध गरेका थिए। अहिले उनको फसेला यस्तो समयमा भएको छ जब भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले भारतीय खेलाड़ीहरूका पूर्व निर्धारित सन्न्यासलाई रोक्नको निम्ति कूलिंग अफ् पीरियड-को व्यवस्था गर्नेमाथि विचार गरिरहेको छ। बीसीसीआईको वर्तमान नियम अनुसार, घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटको साथमा आईपीएलमा सक्रिय खेलाड़ीहरूले विदेशी टी२० लीगहरूमा हिस्सा लिन सक्दैनन्। टेक्सास सुपर किंग्सले एउटा बयानमा भनेको छ, अम्बाती रायुडू निजी कारणहरूले गर्दा टेक्सास सुपर किंग्सको तर्फबाट एमएलसी-को पहिलो सत्रमा भाग लिन उपलब्ध रहनेछैनन्। उल्लेखनीय छ, मेजर लीग क्रिकेटको पहिलो सीजन १३ जुलाईदेखि ३० जुलाईसम्म खेलिनेछ। कलकत्ता नाइट राइडर्स, चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स जस्ता आईपीएल फ्रेञ्चाइजीहरूले एमएलसी-मा टीम किनेको छ। रायुडूले फसेलाले टेक्सास सुपर किंग्सलाई ठूलो धक्का चाहिँ अवश्यै लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement