सिलगढी: पञ्चायत चुनावलाई लिएर राज्यभर आतंक जारी छ। हिंसा र नरसंहारको विरोधमा आज भारतीय जनता पार्टी सिलगढी संगठनात्मक जिल्लाको तर्फबाट भेनस मोडबाट विरोध र्याली निकालिएको थियो। भेनस मोर, सेवक मोडबाट सुरु भएको विरोध र्याली भेनस मोडमा समापन भएको थियो । विरोध र्यालीपछि भाजपा कार्यकर्ता र समर्थकले निर्वाचन आयुक्त राजीव सिन्हाको पुत्ला दहन गरेका थिए । विरोध प्रदर्शनमा विधायक शंकर घोष र आनन्दमय बर्मन उपस्थित थिए।