हिल्स फूटबल एकाडमीका सोहित कोर्बेट फूटबल क्लबमा

IMG-20230708-WA0536.jpg

८ जुलाईः स्थानीय प्रतिभाहरूलाई सही मार्गदर्शन र स्तरीय प्रशिक्षण प्रदान गर्दै शीर्ष स्तरसम्म पुऱ्याउने लक्ष्य लिएर स्थापित हिल्स फूटबल एकाडमीका प्रतिभाशाली फूटबलर सोहित थिंगले राष्ट्रिय स्तरमा प्रशिक्षण हासिल गर्ने अनि प्रतिभा प्रदर्शन गर्ने मौका पाएका छन्। सोहितले (१५ वर्षीय) शत प्रतिशत स्कलरशीपमा उत्तराखण्डको क्लब कोर्बेट फूटबल क्लबमा स्थान पाएका छन्। हिल्स फूटबल एकाडमीका प्रमुख तथा राष्ट्रिय स्तरका फूटबलर नगेन तामाङले यसबारे जानकारी दिएका छन्। कोर्बेट एफसी-मा रहेर सोहितले सित्तैमा पढ़ाई गर्ने, खाने-बस्ने अनि फूटबलको प्रशिक्षण हासिल गर्ने मौका पाउनेछन्। यसबारे जानकारी दिँदै एकाडमीका मुख्य प्रशिक्षक नगेन तामाङले भने, सोहितको सफलतामा हामी सबै खुशी छौं। यसरी स्थानीय प्रतिभाहरूलाई निखारेर शीर्ष स्तरसम्म पुऱ्याउने मञ्च प्रदान गर्नु नै हिल्स फूटबल एकाडमीको मुख्य लक्ष्य हो। हामी यस प्रयासमा निरन्तर कार्य गर्नेछौं। यसको साथमा उनले एकाडमीद्वारा आउँदो समयमा महिला अनि भेटरन्स फूटबल टुर्नामेण्टको आयोजन गरिने पनि जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement