गान्तोकः मेधावी विश्वविद्यालयका सह-संस्थापक एवं प्रो-चान्सलर कुल्दिप शर्मा र सहायक रेजिस्ट्रारले आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा भेट गरे।
यस भेट अवधि प्रो-चान्सलरले राज्यपाललाई मेधावी विश्वविद्यालयको बारेमा विस्तृत जानकारी दिए। उनले विश्वविद्यालय अभियान, शैक्षिक कार्यक्रम, कौशल विकास आदि बारेमा जानकारी गराए। राज्यपालले सामाजिक विकास र उत्थानका लागि संस्थान र सरकारको सहकार्यको महत्वमाथि प्रकाश पारे। उनले विश्वविद्यालयलाई भविष्यका प्रयासहरूका लागि शुभकामना व्यक्त गरे।
-हिस