तीनधारे महानदी समष्टिको विभिन्न ग्राम पञ्चायतहरूमा मतदान शान्तीपूर्ण

IMG-20230708-WA0531.jpg

चारवटा बुथहरूमा रातीसम्म मतदान

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको चारैवटा ग्राम पञ्चायतहरूमा चुनाव शान्तिपूर्ण ढंगमा भएको छ। तीनधारे महानदी समष्टिको महानदी ग्राम पञ्चायत, घैयाबारी ग्राम पञ्चायत दुई र तीन अनि शिवखोला ग्राम पञ्चायत क्षेत्रका विभिन्न बुथहरूमा चुनाव शान्तीपूर्ण रूपमा भएको छ। तीनधारे महानदी समष्टिभरि कुनै अशान्तिको घटना भएको जानकारी प्राप्त भएको छैन। यसपालीको पञ्चायत चुनावमा राज्यभरि नै केन्द्रीय बल तैनाथ गरिने भनिए पनि पहाड़को सबै बुथहरूमा केन्द्रीय बल तैनाथी गरिएको थिएन। तीनधारे महानदी समष्टिको घुम्ती चियाबारीको दुईवटा बुथहरू, घैयाबारी ग्राम पञ्चायत दुईको मिठाईडाँड़ास्थित बुथमा आईआरबीको जवानहरू तैनाथ गरिएको देखियो भने अन्य बुथहरूतिर कुनै केन्द्रीय बलको तैनाथी देखिएन।

यसपाली पहाड़मा लगभग २३ वर्षपछि पञ्चायत चुनाव भईरहेको छ। तर यसपालीको पञ्चायत चुनाव ब्यालेट पेपरमा भोट भईहेको कारणले चुनाव अत्यन्तै ढिलो रूपमा भईरहेकोले मानिसहरू निक्कै लामो लामो लाइनमा उँभिएर आफ्नो पालो पर्खिरहेको देखियो। लामो लामो लाइनमा बसे पनि मानिसहरूमा पञ्चायत चुनावको लागि निक्कै बेसी उत्साह देखिएको छ। पञ्चायत चुनाव बिहान ७ बजेदेखि शुरू भएर साँझ बजेसम्म पनि मतदान जारी थियो। ब्यालेट पेपरमा भोट भईहेको कारणले चुनाव निक्कै ढिलो भईरहेको जानकारी प्राप्त भएको छ भने विभिन्न बुथहरूमा केन्द्रीय बाहिनी तैनाथ नभएकोले मानिसहरूमा असन्तुष्टी पनि देखिएको छ। तीनधारे महानदी समष्टिको जम्मा २२ वटा बुथहरूमा यसपाली २० वटा बुथहरुमा चुनाव भएको थियो। २ वटा बुथहरू गिताङ्गे चियाबारी र सिविटारको २५८ नम्बरको बुथमा पञ्चायत सदस्य र पञ्चायत समितिको प्रार्थीहरू तीनैजना निर्विरोध रहेको कारणले चुनाव भएन। राती ८ बजेसम्ममा तीनधारे महानदी समष्टिको चुनभट्टी, मिठाईडाँड़ा, घैयाबारी, राजबारीमा मतदान जारी रहेको थियो। यी बुथहरूबाहेक तीनधारे महानदी समष्टिको अन्य बुथहरूतिर भने साँझ 6 बजेतिर मतदान सकिएको थियो।

खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको विभिन्न बुथहरूमा पञ्चायत चुनाव विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले तीनधारे महानदी समष्टिको विभिन्न बुथहरूमा चुनाव शान्तीपूर्ण रूपमा भएको जानकारी गराएका छन्। उनले पहाड़मा पञ्चायत चुनाव लगभग २३ वर्षपछि भईरहेको कारणले मानिसहरूमा धेरै उत्साह देखा परेको पनि उनले बताएका छन्। सभासद नवराज छेत्रीले बताए अनुसार राती ८ बजेतिर पनि तीनधारे महानदी समष्टिको चुनभट्टी, मिठाईडाँड़ा, घैयाबारी, राजबारी बुथहरूमा मतदान जारी रहेको बताएका छन्। प्राप्त जानकारी अनुसार तीनधारे महानदी समष्टिको बुथहरू क्रमैले नरबुङमा ५५७, सिलिमहिलमा २५०, मालुटारमा ६२८, घुम्ती चियाबारीमा ४८१, नयाँ कमानमा ४२९ जनाले मतदान गरेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement