तीनधारे: खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरूमा पञ्चायत चुनाव भईरहेको छ। मानिसाहरूले उत्साहपूर्णक चुनावमा भाग लिईरहेका छन्। यसपालीको चुनावमा ब्यालेट पेपर गरिएको कारणले निक्कै ढिलाई भने भईरहेको छ। सबैले लाइनमा बसेर मानिसहरूले भोट हालेको देखिएको छ। पहाड़मा लगभग २३ वर्षपछि चुनाव भईरहेको कारणले गर्दा मानिसहरूमा आशा पलाएको छ। पञ्चायत चुनावमा भोट हालेपछि मानिसहरूले गाउँ घरको विकास हुने कुरामा आशावादी रहेका छन्। चुनावमा सहभागिता जनाउँदै मानिसहरूले अब गाउँ घरमा विकासको कार्यहरू हुने कुरामा आशावादी रहेका छन्। यस विषयमा खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायत अन्तर्गत सिपाहीधुरा, सुकना ग्राम पञ्चायतको विभिन्न बुथहरूमा भोट हालेपछि मानिसहरूले प्रतिक्रिया दिन्दै गाउँमा वर्षौंदेखि नभएको विकासको कार्यहरू अब हुने आशा गरेका छन्। मानिसहरूले अब पञ्चायत चुनावपछि विकास हुन्छ भन्ने कुरामा सबैजना आशावादी रहेका छन्। खरसाङको विभिन्न क्षेत्रहरूमा रहेको ग्राम पञ्चायत र बुथहरूमा पञ्चायत चुनावमा मानिसहरूले उत्साहपूर्ण रूपमा मतदान गरेका छन्। त्यसैले यसपालीको पञ्चायत चुनावले केही विकासको मार्गहरू लिएर आउँछ भन्ने आशा मानिसहरूले साँचेका छन्। मानिसहरूले गाउँमा रहेको विभिन्न समस्याहरू समाधान हुने तथा विभिन्न विकासका कार्यहरू हुने साथै मानिसहरूले भोग्दै आएका विभिन्न समस्याहरू समाधान हुनेछ भनी आशा व्यक्त गरेका छन्।