गान्तोक: आगामी १३ जुलाईमा पालन गरिने भानु जयन्ती तयारीबारे आज एकसभा नाम्ची जिल्लापाल कार्यालयमा सम्पन्न भयो। नाम्ची जिल्लाका जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा अतिरिक्त जिल्लापाल सत्यान प्रधान, सीएमओ लगायत विभिन्न लाइन विभागका अधिकारीवर्गको उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै जिल्लापाल एम भरानी कुमारले भानु जयन्ती कार्यक्रमलाई सफल तुल्याउनको निम्ति विभिन्न विषयमा छलफल गरे। उनले विभिन्न विभागका लाइन अधिकारीहरूलाई आफ्नो जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गर्नुपर्ने आग्रह गरे। उन्तमा उनले सबै विभागका अधिकारीहरूलाई सो कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउनको निम्ति सबैले आफ्नोस्तरबाट पहल गर्नुपर्ने सुझाउ दिए।