शुभेन्दुले लेखे बीएसएफका आईजीलाई चिट्ठी, कोर्टको आदेशको अवमाननाको आरोप

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः पश्चिम बंगालमा शनिवार भएको पञ्चायत चुनाउको निम्ति मतदानमा केन्द्रिय बलहरूको पर्याप्त उपस्थिति र सक्रियता नदेखिनुलाई लिएर नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले बीएसएफका आईजी एसएस गुलेरियालाई चिट्ठी लेखेका छन्। गुलेरिया राज्यमा तैनात भएका केन्द्रिय बलहरूका निम्ति मुख्य कोअर्डिनेटर हुन्।

आफ्नो चिट्ठीमा शुभेन्दुले उनी विरूद्ध न्यायालयको अवमाननाको आरोप लगाउँदै भने, कोर्टले प्रत्येक मतदान केन्द्रमा केन्द्रिय बलहरूका जवानहरूको तैनातीको आदेश दिएको थियो तर यसको अनुपालन गरिएको छैन। केन्द्रिय बलहरूले तैनातीको निम्ति सेक्शन वाइज कम्तीमा चार जवानको तैनातीको अडिगता देखायो, जसले गर्दा राज्यभरिमा हिंसा भएको छ। केन्द्रिय बलका जवानले यदि कोर्टको आदेश अनुसार काम गरेको भए यति हिंसा हुनेथिएन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement