कोलकाताः पश्चिम बंगालमा शनिवार भइरहेको पञ्चायत चुनाउ मतदानमा राज्यभरिमा कम्तीमा १५ जनाको हत्यापछि राज्यका चुनाउ आयुक्त राजीव सिन्हाले एक सानो बयान दिएका छन्। उनले भने, चुनाउ शान्तिपूर्वक भइरहेछ या हिंसक, यसबारे कुरा गर्न मिल्दैन तर जहाँपनि हिंसक घटनाहरू भइऱहेछ, त्यहाँ पुलिसले तत्काल कारबाही गऱ्यो।
राज्य़भरिमा हिंसाका फोटोहरू अघि आएपनि कतैपनि केन्द्रिय बलहरूका जवानहरूको तत्परता नदेखिएको प्रश्नको उत्तरमा उनले भने, पुलिसको साथ केन्द्रिय बलले तालमेल मिलाएर काम गरिरहेछ, यसमा कुनै दुई मत छैन। धेरै प्रकारका शिकायतहरू आइऱहेका छन्। हरेक शिकायतको जाँच भइरहेछ। जहाँबाट पनि हिंसा-हंगामाको खबरहरू आइरहेछ, त्यहाँ पुलिसले कारबाही गरिरहेछ।
-हिस