पत्थरझोड़ाः माल महकुमाको ओदलाबारी ग्राम पञ्चायत अन्तर्गत पर्ने पत्थरझोड़ा चियाबारीमा शान्तिपूर्ण रूपमा मतदान भयो। बिहानदेखि मानिसहरू मतदान गरेको देखियो। दिउँसो पानी परेतापनि मानिसहरू उत्साहपूर्वक मतदान गरिरहेका थिए। पत्थरझोड़ा चियाबारीको पञ्चायत समिति आसनमा तृणमूल कङ्ग्रेस पार्थी जुएल दर्जीले भने, पत्थरझोडा चियाबारीमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भयो। मानिसहरूको साथ र सहयोगले गर्दा आफू विजयप्रति निश्चित रहेको बताए।