दलसिंहपाड़ाः अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकको दलसिहपाडा ग्राम पञ्चायत अन्तर्गतको दलसिंहपाडा रणबहादुर बस्ती र महुवामा शान्तिपूर्ण रूपमा मतदान भयो। आज दिउँसो पानी परेतापनि मानिसहरूले उत्साहको साथ मतदान गरेको देखियो। समाचार लेखुञ्जेलसम्म प्रायः ८० प्रतिशत मतदान भइसकेको र अझै पनि मतदान चलिरहेको थियो।