आयोगले चुनावी हिंसाको निम्ति सेन्ट्रल फोर्सलाई जिम्मेवार ठहर गऱ्यो

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः राज्यका चुनाउ आय़ुक्त राजीव सिन्हाले पश्चिम बंगालमा शनिवार पञ्चायत चुनाउको निम्ति भइरहेको मतदानमा १५ जनाको हत्या र १०० भन्दा धेरै गम्भीररूपमा घाइते भएको घटनालाई रोक्नमा प्रशासनिक विफलताको निम्ति सेन्ट्रल फोर्सलाई जिम्मेवार ठहर गरेका छन्।

साझँको समय मीडिया कर्मीहरूलाई दिएको आफ्नो छोटो बयानमा उनले भऩे, चुनाउ आयोगको तर्फबाट २५ जूनमै केन्द्रिय गृह मन्त्रालयलाई चिट्ठी दिएर बलहरूको तैनातीको माग गरिएको थियो। नियमानुसार २७ जूनसम्म केन्द्रिय बलहरूका जवानहरू बंगालमा आउनुपर्थ्यो तर आउनमा ढिलाई भयो। यदि सेन्ट्रल फोर्सका जवान समयमै आइदिएको भए हिंसाका यी घटनाहरूलाई केही स्तरसम्म रोक्न सकिन्थ्यो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement