सिलगढी महकुमा परिषद चुनाउमा तृणमूल कङ्ग्रेसको जीत

सिलगढी: सिलगढी महकुमा परिषद्को चुनाउको परिणाम घोषणा भएको छ। परिषदको ९ वटा आसनमध्ये ८ वटा आसनमा तृणमूल कङ्ग्रेसले जीत हासिल गरेर सिलगढी महकुमा परिषद् दखल गरेको छ। भाजपाले महकुमा परिषद्को एउटा आसनमा जीत हासिल गरेको छ। सिलगढी महकुमा परिषदमा बहुमतले जीत हासिल गरेर तृणमूलले बोर्ड गठन गर्ने भएको छ। तथापि, बोर्डका अध्यक्ष कसलाई चयन गरिने हो भन्नेबारे हालसम्मे कुनै निर्णय नलिएको जिल्ला सभानेत्री पापिया घोषले बताइन्। पार्टीको निर्देश अनुसार नै अध्यक्षको चयन गरिने तिनले जानकारी गराइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *