मालदा: पञ्चायत चुनावलाई लिएर मालदाको अंग्रेजी बजार ब्लकको फुलबडिया ग्राम पञ्चायतको नयाँ नगरिया क्षेत्रमा तृणमूल समर्थक र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडप लगत्तै दुवै पक्षले ढुंगामुढा र गोली हानाहान सुरु गरेको बताइएको छ । यस घटनामा तृणमूल उम्मेदवार तस्लिमाकी सासुको मृत्यु भएको थियो । घटनामा अन्य तृणमूल कार्यकर्ता घाइते भएका छन् । यस क्षेत्रमा केन्द्रीय बल अनि पुलिस तैनाथ गरिएको छ । सम्पूर्ण अवस्था ठप्प भए पनि शान्तिपूर्ण निर्वाचनका लागि मतदाता मतदान केन्द्रमा पुग्ने गरी प्रशासनले पहल गरिरहेको छ।