कुचबिहार: कुचबिहारको दक्षिण विधानसभा फोलिमारी ग्राम पञ्चायतको बुथ नम्बर ४/३८मा भाजपा पोलिङ एजेन्टलाई कथित रूपमा हत्या गरेको घटनालाई लिएर इलाका उतप्त बन्न पुगेको छ मृत भाजपा एजेन्टको नाम माधव विश्वास हुन् भनी बताइएको छ। माधव विश्वासलाई गोली हानेर हत्या गरेको भाजपाको आरोप रहेको छ। यसको साथै बुथमा बम विस्फोट गरेको आरोप पनि रहेको छ। उक्त घटनामा भाजपा उम्मेदवारसहित केही मानिसहरू घाइते भएका छन्। घाइतेहरूलाई नजिकैको निशिगञ्ज अस्पतालमा उपचारको लागि लगेपछि हाल तिनीहरूको उपचार चलिरहेको छ।